२०८१ फाल्गुन ७ गते बुधवार

अमर खड्का नेकपा (बहुमत)को केन्द्रीय सदस्य

दाङ, माघ ११ । नेकपा (बहुमत) को ९औं राष्ट्रिय महाधिवेशनवाट अमर खड्का केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।


काठमाडौंको कीर्तिपुरमा ४ गतेदेखि माघ १० गते चलेको महाधिवेशनले धर्मेन्द्र बास्तोलालाई सर्वसम्मत रुपमा महासचिव चयन गरेको थियो ।


बास्तोलाको नेतृत्वमा ९९ सदस्य केन्द्रीय पदाधिकारी चयन गरिएको हो । जस्मा २७ बर्षीय अमर खड्कापनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

खड्का उक्त पार्टीको दाङ जिल्ला सेक्रेटरीपनि हुन । अमर खड्का र ३७ बर्षीय सजक परियार युवापनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।


५ नम्बर ब्यूरो संगठन बाट नेकपा बहुमतको केन्द्रीय सदस्यमा मनोनित हुने अमर खड्का र सजक परियार गरि दुई जना मात्रै हुन ।


पार्टीको महाधिवेशनमा जिल्लामा उनीहरुले मिटरब्याजीका विरुद्ध चलाएको अभियानले चर्चा पाएको थियो ।

मिटर ब्याजी वा सुदखोरका नाममा उनीहरुले चलाएको कारबाहीका कारण दाङ सेक्रेटरीसमेत रहेका अमर खड्का १५ दिन प्रहरी हिरासतमा बसेका थिए । उनी माघ ३ गते मात्रै रिहा भएका थिए ।

प्रकाशित मिति : २०८१ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *