२०८२ साउन १ गते बिहिवार

छिल्लीकोटका विद्यार्थीलाई न्यानो कपडा वितरण


तुलसीपुर, माघ ८ । तुलसीपुर उपमहानगरपालिका – १९ को गणेश प्रावि तिनुखोला छिल्लीकोटका विद्यार्थीलाई मंगलबार न्यानो कपडा वितरण गरेको छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का कार्यबहाक वडाध्यक्ष रामबहादुर पौडेलले विद्यालयका ४६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन ।

न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपाल दाङका कोषाध्यक्ष गोकर्ण पौडेलले वडा कार्यालयले बिकट भूगोल छिल्लीकोटका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नु एउटा सकारात्मक कार्य भएको बताएका थिए ।

प्रमुख अतिथि पौडेलले शिक्षा क्षेत्रको लगानीले समाजमा सकारात्मक प्रभाव पार्ने हुँदा भविश्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यबहाक वडाध्यक्ष पौडेलको अध्यक्षमा भएको न्यानो कपडा वितरण कार्यक्रमलाई वडा सदस्यहरु पूर्णबहादुर बुढाथोकी,तारा खड्का वली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले न्यानो कपडा वितरणले विद्यार्थी खुसी भएको बताएका थिए ।

न्यानो कपडा वितरण कार्यक्रममा कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुन, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष पूर्णबहादुर पुन,बिद्यालय ब्यबस्थापन समितिका सदस्य टोपबहादुर विक लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।


वडा सदस्य रेवती विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गणेश प्रावि तिनुखोलाका प्रधानाध्यापक प्रेमबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *