२०८२ असार २७ गते शनिवार

रुपन्देहीमा रबि,छबी लगाएतका बिरुद्धको सहकारी ठगी मुद्दा दर्ता

बुटवल, माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने लगायत २२ जना विरूद्ध सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी पुरक मुद्दा रूपन्देहीमा जिल्ला अदालतमा पेस गरिएको छ।

आइतबार सुप्रिम सहकारीको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाहीको माग गर्दै रबिसहित गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्षसमेत रहेका पूर्वडिआइजी छविलाल जोशीसहित २२ जनाविरूद्ध सरकारी वकिलको कार्यालय रूपन्देहीले अदालतमा मुद्दा पेस गरेको हो।

पेस गरेको पूरक अभियोगपत्रमा लामिछाने र जोशी दुबै जनालाई सहकारी ठगी र संगठित अपराध कसुरको कारबाहीसहित ४ करोडभन्दा बढीको बिगो माग गरिएको छ।

लामिछानेलाई उनको व्यक्तिगत दायित्वको दुई करोड र सामूहिक दायित्वको दुई करोडभन्दा बढी गरी चार करोड बढीको बिगो माग गरिएको छ।

पेस गरिएको पुरक अभियोगपत्र २५६ पृष्ठको छ।

गत वैशाख ३ गते सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको भन्दै २८ जनाविरूद्ध मुद्दा दर्ता गरिएको थियो । जस्मा लामिछाने र जोशीसहित १४ जनाविरूद्ध पूरक मुद्दा लैजाने भनिएकोमा थप आठ जनाविरूद्ध पनि पूरक मुद्दा दायर गरिएको छ ।

त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो। त्यसमध्ये १७ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो माग गर्दै माघ ३ गते अदालतमा पेस गरिएको थियो । लामिछाने र जोशी लगायतका १४ जनासहित आठ जनाविरूद्ध पनि पूरक मुद्दा पेस गरिएको छ ।

यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बुझाएको थियो।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गरी सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको थियो ।

सोही मुद्दामा पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा लामिछाने र जोशी पक्राउ परेका थिए ।
गत कात्तिक २ गते कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने अदालतको आदेशले ८४ दिन पछि ६५ लाख धरौटी बुझाएर पुस २६ गते हिरासतमुक्त भएका थिए । त्यस्तै जोशी भने ८८ लाख धरौटीमा रिहा भएका थिए।
जिल्ला अदालत काठमाडौंमाले लामिछानेलाई आइबार ६० लाख धरौटीमा छोडेको थियो ।

रबि र छबीलाई सोही प्रकृतिको मुद्दा चितवनको सहारा चितवन र पर्साको सानोपाइला सहकारीमा पनि छ ।

रुपन्देहीमा उनीहरुलाई झिकाएर थुनछेक बहस भइ सकेपयिपन्देहीमा उनीहरुलाई झिकाएर थुनछेक बहस भइ सकेछि बल्ल चितवन र पर्सा लगिने छ ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *