
तस्बिर : आशिष केसी
दाङ, असार ८ । तुलसीपुरमा आइतवार बेलुका ५ बजेतिर स्कार्पियो र हायस आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी ७ बर्षीया रेखा बस्नेत, सोही ठाउँकी सात बर्षकै शिर्षा बस्नेत र ३० बर्षीया संझना बस्नेत छन् । दुर्घटनामा परि तुलसीपुर ७ निवासी ६४ बर्षीया तुलसा केसी र घोराही उपमहानपालिका वडा नं. ९ कि ४५ बर्षीया अमृता बस्नेत घाइते भएका छन् । सबै घाइते स्कार्पियो सवार थिए । घर तर्फ जान लागेको हायसमा भने चालक मात्रै थिए । सबैको अवस्था सामान्ने रहेको र उपचार पछि घर फर्कि सकेको पनि ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनीहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको थियो ।
तुलसीपुर तर्फ आउँदै गरेको बा १४ च ८८५१ नम्बरको स्कार्पियोले र तुलसीपुर बाट प्रसेनी तर्फ जाँदै गरेको बा ३ ख १४०३ नम्बरको हायसलाई ठक्कर दिदा उक्त दुर्घटना भएको ईप्रका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले बताए । ‘स्कार्पियोको पुरै गल्ती छ, उस्ले हायसको बीच भागमा ठोकेको छ,’ डिएसपी शाहीले भने ।
