२०८३ जेष्ठ ३१ गते आइतवार

बबईको नीति तथा कार्यक्रम प्रस्तुत


बालकृष्ण पाण्डे,
हापुरे, असार ८ । बबई गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम आइतवार सार्वजनिक गरेको छ । कृषिको आधुनिकीकरण, ब्यबसायिकरण र यान्त्रिकरण गरि कृषिजन्य उद्योग मार्फत बिकाशमा जोड दिइएको छ । कार्यक्रममा आधुनिक कृषि प्रणाली अबलम्बन तथा कृषि उद्योगलाई प्रोत्साहित गर्ने कुरा उल्लेख छ । त्यस्तै बेरोजगार यूवाहरुलाई परिचालन गरि युवा कृषि कार्यक्रम संचलान गर्ने, कृषी रोजगार अन्तरगत अत्याधनिक कृषि फर्म निर्माण र एकटोल एक उत्पादनको नीतिलाई जोड दिइएको छ ।

गाउँपालिकाको ५औं गाउँसभा मार्फत सार्बजनिक कार्यक्रममा वालानन्द चोकदेखि सितापुर,गंगालाल मार्ग, चन्द्रनगर, मदनआश्रित चोक हुँदै भृकुटीनगर, ज्वालामार्ग समेत गरि ५ वटा सडक कालोपत्रे गर्ने कुरा गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले बताए ।
ट्रयाक खोलेका सडकहरुको स्तर उन्नती तथा नाला निर्माण गर्ने तथा उपभोक्ता र गाउँपालिकाको लागत साझेदारीमा अन्य भित्री सडकहरुपनि कालोपत्रे गर्ने कार्यक्रममा समेटिएको छ ।

बबई खानेपानी वर्षका रुपमा लिदै आगामी २ वर्ष भित्र एक घर एक धाराको अबधारणालाई सार्थक बनाउने अध्यक्ष पौडेलले बताए ।

त्यस्तै गाउँ शिक्षा गुरुयोजना तयार गरि शिक्षा क्षेत्रलाई ब्यबस्थित गर्दै निशुल्क आवासिय बिद्यालय सञ्चालन गर्ने योजना पनि अगाडि सारिएको छ । खेल क्षेत्रको बिकासका लागि एक खेल एक प्रशिक्षकको नीति अगाडि सारिएको छ । सबै बस्तिमा बिद्युत बिस्तार गर्ने, लघु तथा साना जलबिद्युत आयोजना सञ्चालन गरि ग्रामिन बिद्युतिकरण कार्यक्रम सञ्चालन गर्ने तथा बिद्युत पुग्न नसक्ने बस्तिहरुमा सोलार मार्फत उज्यालो बबईको नारा सार्थक पार्ने अध्यक्ष पौडेलले बताए ।

उनले बबई गाउँपालिकाको केन्द्र हापुरेमा सिसी टिभी क्यामेरा जडान गरि सुरक्षित र ब्यबस्ति बजार बनाउने कुरापनि उल्लेख गरे ।
सूचना तथा सञ्चार क्षेत्रको प्रर्बधन र बिकासका लागि स्थानीय रेडियो र पत्रपत्रिकालाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने भएको छ । २५ सैयाको गाउँपालिका स्तरिय अस्पताल निर्माण, स्वास्थ्यमा सबैको पहुँच पु¥याउन एक वडा एक स्वास्थ्य सेवा केन्द्रको स्थापना लगाएतका कुरा समेटिएको छ ।

पुरन्धारा झरनालाई मुख्य पर्यटकिय स्थलको रुपमा बिकास गर्न झरना क्षेत्रमा बबई बाटिका निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समिटिएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्र एवं महत्वपुर्ण प्राकृतिक स्रोत साधनहरुको पहिचान गरि पर्यटकिय गुरु योजना निर्माण गरि पर्यटन क्षेत्रलाई बलियो बनाउने कुरामा जोड दिइएको छ । यो गाउँपालिकाले असार १० गते वजेट भाषण प्रस्तुत गर्ने भएको छ ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *