२०८१ फाल्गुन ७ गते बुधवार

प्रचण्ड दाङ आउँदै


दाङ,पुस २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दाङ आउने भएका छन ।

यही माघ ११ र १२ गते हुने माओबादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिको नगर अधिवेशनको उद्घाटन गर्न प्रचण्ड दाङ आउँन लागेको नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले माघ ११ गते नेकपा माओवादी केन्द्र तुलसीपुर नगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

यस्तै १२ गते पार्टीको घोराही नगरको अधिबेशनको उद्घाटनसंगै पत्रकार भेटघाट र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भईसकेको पार्टी सचिव आचार्यले जानकारी दिए ।

दुई दिनको दाङ बसाईका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दाङको समग्र बिकास निर्माणका बिषयमा छलफल समेत गर्ने छन ।

घोराही र तुलसीपुरको नगर अधिवेशन भब्य बनाउँन सम्पूर्ण तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *