दाङ,पुस १९ । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन समितिको शुक्रबार (आज) बसेको बैठकले यो वर्षको अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए।
क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरिएको छ।
डोल्पामा नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको स्नेहीले जानकारी गराए ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार