तुलसीपुर, पुस १९ । तुलसीपुर उपमहानगरपालिका – ६ बरुवा गाउँस्थित ज्ञानज्योति फाउन्डेसनले दाङ जिल्लामा पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्याएको छ ।
ज्ञाज्योतिले एमबिए पढाउन अनुमति प्राप्त गरि सकेपछि अहिले भर्नापनि आह्वान गरि सकेको छ । यसअघि सम्म जिल्लामा एमबिएको पढाई हुँदैन थियो । यो ब्यस्थापनमा माष्टर्स पढ्न चाहाने विद्यार्थी जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो ।
एमबिए अध्यन पुरा गर्न दुई बर्षे लाग्ने छ भने चार सेष्टरहरु रहने उत्तीर्ण गर्नु पर्ने छ ।
ज्ञानज्योतिका सिइओ (चिफ एक्जुकेटिभ अफिसर) सुरेन्द्र जिसीले भविश्यमा एमविए गर्नेहरुले उद्यमशिलता बिकासमा टेवा पु¥याउन भन्ने उदेश्यका साथ एमबिए भित्र्याइएको बताएका थिए ।
‘ म्यानेजमेन्टको क्षेत्रमा केही नयाँ गरौं भन्ने हाम्रो चाहाना हो,’ जिसीले भने ‘ एमबिएका लागि भौतिक पूर्वाधार लगाएत कलेजले सम्पूर्ण आवश्यकताहरु पुरा गरि सकेको छ ।’ पछिल्लो समय ज्ञानज्योति फाउन्डेसनेले लिफ्टसहितको नौं तले भवन निर्माणको काम तीब्र रुपमा गरि रहेको छ ।
‘ हाम्रो उदेश्य जागिर खाने दक्ष जनशक्ति मात्रै तयार पार्नु होइन,’ प्रमुख जिसीले भने ‘ भविश्यमा उद्यमशिलता बिकास गर्न सजिलो होस भनेर एमबिएको कक्षाहरु पहिलो पटक जिल्लामा भित्र्याइएको हो ।’
तुलसीपुर क्षेत्रमा रहेका बिभिन्न उद्योग सञ्चालकहरु संग हातेमालो गर्ने, लाइभ कक्षाहरु सञ्चालन गरि वर्किङ प्रोफेसरहरुको कक्षा लिने ब्यबस्था गर्ने, घोकन्ते सैलिका भन्दापनि कक्षा कोठाहरु प्रयोगआत्मक कक्षाका लागि प्रबिधिमैत्री बनाइने प्रतिबद्धता जाहेर गरेका थिए ।
‘ हामी यहाँका उद्यागी, ब्यबसायी, बित्तीय संस्थाको नेतृत्व गरि रहेका ब्यक्तिहरु संग संगै मिलेर काम गर्ने छौं,’ उनले भनेका थिए ‘भविश्यमा यहाँबाट एमबिए गरि जानेहरुले हरेक उद्यमशिलतामा नेतृत्व गर्न सकुन भन्ने हाम्रो चाहाना हो ।’
कलेजले जिल्लाका साथै लुम्बिनीमै उत्कृष्ट नतिजा ल्याइ सकेको हुँदा भविश्यमा थप मेहनत गरि तुलसीपुरलाई पश्चिम नेपालको शैक्षिक हबको रुपमा विकास गरिने प्रमुख जिसीले बताएका थिए ।
कलेजका एकेडेमिक कोर्डिनेटर शरद गौतमले ज्ञानज्योति सबैको माया, भरोसा र विश्वास जित्दै हातेमालोमा तातेताते गर्दै अगाडि बढी रहेको भन्दै भविश्यमा एउटा विश्वाशिलो शैक्षिक थलोको रुपमा अगाडि बढाउन एमबिए कार्यक्रमले थप सहयोग पुग्ने छ भन्ने विश्वास ब्यक्त गरेका थिए ।
ज्ञाज्योति फाउन्डेसनले एमबिए कक्षा सुरु भएको जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका तुलसीपुर शाखाका म्यानेजर राजिब वली, सानीमा बैंक तुलसीपुुर शाखामा म्यानेजर प्रणिल भुसाल, शिद्धार्थ बैंक तुलसीपुर शाखाका म्यानेजर किरण आचार्य लगाएतले कलेजले पहिलो पटक जिल्लामै एमबिएका पढाइ सुरु गर्नु समग्र जिल्ला बासी र तुलसीपुुर बासीका लागि एउटा निकै सकारात्मक पक्ष मान्न सकिने बताएका थिए ।
ब्यबस्थापन संकायमा उच्च शिक्षा हासिल गर्ने चाहाना बोकेका बिद्यार्थीकालाई जिल्लामै त्यो अवशर उपलब्ध गराउने उदेश्यका साथ पहिलो पटक एमबिए कक्षाहरु कलेजले भित्र्याउनु जिल्ला बासी र तुलसीपुर बासीका लागि एउटा गर्वको कुरा भएको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य सुशिल बस्नेतले बताएका थिए ।
कार्यक्रममा हाससालै नेपाल पत्रकार महासंघ दाङ शाखामा निर्वाचित शाखा उपाध्यक्ष नारायणी रजौरे लगाएत बिभिन्न पत्रकारहरुलाई सम्मानपनि ब्यक्त गरिएको थियो ।
पत्रकार सम्मेलनको सहजिकरण शिक्षक सञ्तोष केसीले गरेका थिए ।