
दाङ,असार ६ । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरीको पछिल्लो अभिव्यक्ति प्रति महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ । सञ्जालकी अध्यक्ष डा. रेणु दाहालले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै मेयर चौधरीले सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्ने गरि दिएको अभिव्यक्तिको भत्सर्ना गरेकी छन् ।
अहिलेको व्यवस्था ल्याउन महिलाहरुले पुरुष समान योगदान गरेको स्मरण गराउँदै लोकतान्त्रिक मुलुकमा साशक बाटै महिलाप्रति एक पछि अर्कौ गर्दै विभेद र हिंसा गरिएको भन्दै चिन्ता जाहेर गरेकी छन् । प्रमुख चौधरीले कानुनले नै बर्जिद गरेका शब्दहरु प्रयोग गरेको हुँदा कानुनी कारवाहीको माग पनि गरिएको छ ।
बंगलादेशका एमविविएस पढ्दै गरेका छात्राहरुको बारेमा विवादास्पद अभिव्यक्ति दिएका कारण नेपालका एक मन्त्रीले केही समय पहिले पदवाट राजिनामा दिनुपरेको कुरा स्मरण गराउँदै मेयर चौधरीलाई पनि पार्टी वाट अवलम्ब कारवाहीको माग गरिएको छ ।