२०८२ मङ्सिर २४ गते बुधवार

बजेट समावेशी र लैंगिक मैत्री नभएको गुनासो


यमकला भुसाल,
दाङ, असार ६ । तुलसीपुर उपमहानगरपालिकाले लैंगिकमैत्री बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ । नमूना युवा संसद तुलसीपुर नगरको आयोजना तथा ओरेक नेपालको सहकार्यमा लैंगिक मैत्री बजेट बिनियोजनका लागि सरकारवालासंगको संबाद कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले त्यस्तो प्रतिवद्धता जाहेर गरेका हुन ।

अधिकारमूखी विकासका लागि सहभागिता, कार्यान्वयन, प्रतिफलको आधार बनाउने उनले बताए । स्मार्ट छोरी,स्मार्ट बिद्यालय, स्माट खेलकुद मैदान, स्र्माट बजारका लागि पनि अधिकारका आधारमा योजना तथा कार्यक्रम बनाएको र आगामी बजेटमा पनि त्यसको आधारमा बिनियोजन गरिने मेयर पाण्डेले बताए ।

कार्यक्रममा सहभागिहरुले महिला र पुरुष् बीच बिभेद युक्त योजना तथा कार्यक्रम बनाउने परम्पराको अन्त्य अझै हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले दलित, युवा, महिला , वालवालिका, जेष्ठ नागरिक, पछाडि पारिएको वर्गलाई योजना निमार्ण , कार्यान्यन र अनुगमनमा सहभागी गराउनुपर्ने माग गरेका छन् । कार्यक्रममा सहभागि ईश्वरा थापा,आशा चौधरी,केशव कँडेल,रामबहादुर चौधरी, सुनिता बस्याल, उमेश कार्की, प्रबिण भूषाल, सीतारा नेपाली, गणेश भण्डारी, सावित्रा ढकाल, टेकराज केसी,उषा वली, मदन भूषाल,गोमा चौधरी,पदमा चौधरी,दीपा धिताल,सुरेश रावत,सुष्मा गिरी,गणेश भण्डारी लगायतले महिला स्वास्थ्य सेवा अझै प्रभाबकारी बन्न नसकेको गुनासो गरेको थिए । उनीहरुले सेनेटरी प्याडको ब्यबस्थापन फितलो भएको,सुरक्षा आवास ब्यबस्था गर्नुपर्ने,स्वास्थ्य संस्था लैंगिकमैत्री बन्नपर्ने, मनोपरामर्श तथा मनोबिर्मश केन्द्र सञ्चालन गर्नुपर्ने,न्यायिक समिति लैङिक मैत्री हुनुपर्ने लगायतका माग राखेका थिए ।

सहभागिहरुको जवाफ दिदै उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य,शिक्षा समितिका संयोजक देवराज बिश्वकर्मा,युवा खेलकुद समितिका संयोजक अमर नेपाली (माईकल),स्वास्थ्य महाशाखा प्रमुख डाक्टर गोर्कण दाहाल,महिला वालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख भगवती अर्याल,ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिक्रम बिष्ट लगायतले सुधार गर्नुपर्ने अबस्था रहेको भए तत्काल सुधार गरिने प्रतिबद्धता जाहेर गरेका थिए ।

नमुना युवा संसद नेपाल तुलसीपुर नगरका सभामुख नबराज घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य पुरन नेपालीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा बिषय प्रबेश ओरक नेपालका जिल्ला संयोजक ईश्वरा थापाले र सहजीकरण पत्रकार सुशील बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *