२०८२ कार्तिक २२ गते शनिवार

आइतबार सर्वोच्चको सबै सुनुवाइ स्थगित


काठमाडौं,पुस १४ । सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ।

पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको हो।

सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

उनका अनुसार अन्य कामकारबाही भने हुनेछ। पूर्वन्यायाधीश वस्तीको ७१ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *