२०८३ असार ७ गते आइतवार

जीप दुर्घटना पाँच जनाको मृत्यु

धादिङ, असार ६ । धादिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दुर्घटनामा १० जना घाइते भएका छन । धादिङको गल्छी गाउँपालिका–६ मा यात्रुबाहक जीप दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ।

कार्कीडाँडाबाट बैरेनीतर्फ गइरहेको बा१८ज ९४०४ नम्बरको जीप सडकबाट खस्दा पाँच जनाएको मृत्यु भएको धादिङका प्रहरीले बताएको छ । मृत्यु हुनेहरूमा गल्छी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय राजु रम्तेल, सोही ठाउँका ४० वर्षीय सेतु रम्तेल, गल्छी गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल, ३५ वर्षीया नानु तामाङ र २१ वर्षीया समीक्षा अधिकारी रहेको प्रहरीले जनाएको छ ।

कच्ची सडकमा तीब्र गतिका कारण जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घाइतेहरुको थप उपचारको लागि काठमाण्डौ लागिएको छ ।

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *