२०८२ मङ्सिर १ गते सोमवार

नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने


काठमाडौं ,पुस १० । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ ।

बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ ।

७ असोजदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने गरी समयावधि बनाइएको थियो । यस अवधिभित्र कार्यसम्पादन नसकिएका जिल्लामा एक महिना अवधि थपिने भएको छ ।

शर्माका अनुसार कतिपय जिल्लाले भने यही अवधिमा अभियानको काम सकेका छन् ।

पार्टीको आन्तरिक कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिएको कांग्रेसले जनाएको छ ।

पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण/नवीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *