२०८२ असार ३१ गते बुधवार

शंकर थापा बनहरीका थापा परिवारकै सदस्य रहेको अदालतको फैसला

तुलसीपुर, पुस १० । दाङ जिल्ला अदालतले ६८ बर्षीय शंकर थापा तुलसीपुर उपमहानगरपालिका – ४ बनहरीका निबहादुर थापाका दाजु रहेको फैसला सुनाएको छ ।


जिल्ला न्यायाधिस लालसिंह थापाको इजलासले गत कात्तिक १३ गते थापा घर परिवारकै सदस्य रहेको पुष्टि हुने गरि फैसला सुनाएको हो ।

त्यो फैसला संगै शंकर त्यो घर परिवारका सदस्य हुन भन्ने तथ्य स्थापित गरि दिएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए । शंकर बिगत ४८ बर्षदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी बारे अदालतमा मुद्दा परेपछि भाइ निबहादुरले भारतको नागाल्याण्डबाट खोजेर ल्याइ अदालतमा उपस्थित गराएका थिए ।


शंकरकी छोरी तुलसीपुर– ७ झमर्रेकी मणिकला महतराले २०७९ फागुन १४ गते दाङ जिल्ला अदालतमा बुवा शंकर थापा लामो समयदेखि सम्पर्कविहीन रहेको हुँदा ‘मृत्युको न्यायिक घोषणा गरि पाउँ’ भन्दै निबेदन दिएकी थिइन ।
त्यस्तै २०८० वैशाख ५ गते, मणिकला महतराका काका तथा शंकरका भाइ निबबहादुरले दाजु बारे संकलन गरि पेश गरिएको सर्जमिनको मुचुल्का गलत रहेको जिकिरका साथ अदालतमा जालसाजी मुद्दा दायर गरेका थिए।


फेरि मणिकला गत असार ३ गते काका काका निबबहादुर थापा र कार्यबहाक वडाध्यक्ष नारायणी पुनलाई प्रतिबादी बनाइ मुद्दा दायर गरेकी थिइन । आफ्ना बुवा शंकर थापाको परिचय खुल्ने कुनै कागजात पेश नगरी अर्कौ ब्यक्तिलाई शंकर थापा भनेर नाता प्रमाणितको कागज गराइ पेश गरेको दाबी गरेकी थिइन ।


मणिकलाका काका निबबहादुर र कार्यबहाक वडाध्यक्ष पुन असार १४ र १६ गते अदालतमा प्रतिउत्तर दिन गएका थिए ।

यी दुबै मुद्दामा जिल्ला अदालतले दुबैलाई उनीहरुको दाबी नपुग्ने भन्दै अदालतले हराइ दिएको अदालतका सूचना अधिकारी वलीले बताए ।

गत जेठ २० गते शंकर जिल्ला अदालत, दाङमा उपस्थित भइ बयान दिएका थिए ।

जिल्ला अदालतले आफ्नै फैसलामा चित्त नबुझे तोकेको अवधिमा पुनाबेदनमा जान भनेको छ । पुनराबेदनको म्याद जारी गर्दै शाखा अधिकृत संगिता घिमिरेले मंसिर २७ गते म्याद तामेली जारी गरेकी छन् ।


यो मुद्दामा शंकरकी छोरी मणिकला र शंकरका भाइ निबबहादुर पुस ९ गतेका दिनसम्म पुनराबेदनका लागि उच्च अदालत तुलसीपुरमा जोहरी लिएर गएका छैनन् ।

यो पनि :-

कथा जस्तै लाग्ने खाद्रे बनहरीका शंकरको कथा

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *