२०८२ साउन १ गते बिहिवार

उपाधि बिजेता कचिली ‘ए’ ले पायो ५५ हजार पुरस्कार


लक्ष्मण बस्नेत , तुलसीपुर, पुस ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधि कचिली फुटबल टिम ‘ए’ ले जितेको छ ।


तुलसीपुर वडा न १२ को आयोजनामा मंगलबारको भएको प्रतियोगिताको फाइनल खेलमा कपडादेवी फुटबल टिमलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ‘ए’ ले उपाधि जितेको हो ।


उपाधि संगै उस्ले नगद नगद ५५ हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । कपडादेवी उपबिजेतामा सिमित रहदै नगद ३० हजार प्राप्त ग¥यो । प्रतियोगितामा तृतिय भएको टरिगाँउ फुटबल टिमले नगद १५ हजारका साथै कप,मेडल,प्रमाणपत्र प्राप्त गरेको हो ।

खेल पाँच दिनसम्म संचालन भएको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी कचिली ‘ए’ का मनराज बुढामगर, सर्वाधिक गोलकर्ता सोही टिमका सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक सोही टिमकै नारायण बुढाथोकी भए । उत्कृष्ट तीनै जनालाई ब्यक्तिगत बिधाका ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिता समापन समारोह वडाध्यक्ष खुसिराम चौधरीको अध्यक्षता तथा तथा उपप्रमुख स्यानी चौधरिको प्रमुख आतिथ्यमा भएको थियो ।


उपप्रमुख चौधरी,जसपुर प्रहरी चौकिका प्रमुख असई भरतनाथ योगी, स्थानीय केदार आचार्य, प्रतियोगिताका संयोजक शेषमणि भन्डारी, भलिबलका पूर्व खेलाडी टंक केसी ,भरत आचार्य लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


कार्यक्रमको संचालन वडा सचिव गणेशकुमार आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *