२०८२ मङ्सिर २२ गते सोमवार

रसुवामा सुरुङ भित्र थुनिएका १७ मजदुरको सकुशल उद्धार  

काठमान्डौं, असार ६ । रसुवामा सुख्खा पहिलोका कारण  सुरुङभित्रै थुनिएका १७ जना मजदुरको शुक्रवार विहान सकुशल उद्धार गरिएको छ ।  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको प्रवेशद्वारमा विहीवार बेलुका ८ बजेतिर सुख्खा पहिरो झरेपछि त्यहाँ काम गरिरहेका मजुदर भित्रै थुनिएका हुन ।

गोसाइकुण्ड गाउँपालिका २ मा निर्माणाधिन जलविद्युत् आयोजनामा सुख्खा पहिरो जाँदा थुनिएका ११ नेपालीसहित ६ चिनियाँ कामदारको शुक्रवार विहाना सकुशल उद्धार गरिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

१७ मजदुर सुरुङभित्रै थुनिएका भएपनि अक्सिजन पास भएको हुँदा सबै सुरक्षित थिए । रसुवामा एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माणाधीन छ। सुरुङभित्र थुनिएकाहरुको उद्धारमा  नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल खटिएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *