२०८३ जेष्ठ ३१ गते आइतवार

अब छिट्टै मन्त्रीमण्डल हेरफेर हुन सक्छ —प्रचण्ड


पोखरा, असार ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै सरकारमा रहेका केही मन्त्रीहरु हेरफेर हुने बताएका छन् ।बिहीवार प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले केही मन्त्री हेरफेरका लागि प्रधानमन्त्री केपी शर्मा ओली संग बुधवार मात्रै छलफल भएको जानकारी दिएका हुन ।

मन्त्रिमण्डल केहिले हेरफेर गर्ने भन्ने एकीनका साथ मिति नतोकिएको भएपनि बजेट आएको केही समय पछि केही मन्त्रीहरु हेरफेर गर्ने कुरा भएको प्रचण्डले बताए ।सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र आफ्नो बीचमा कुराकानीता पनि कहिले गर्ने भन्ने अन्तिम निर्णय भने भइ नसकेको उनले बताए ।

त्यस्तै उनले सरकार र पार्टी संचालनका बारेमा प्रधानमनत्री ओली र आफुका बीचमा पहिले नै भएको सहमित भएको हुँदा त्यो नौंलो विषय नभएको बताए । केही समय पहिले उनले आलो पालो सत्तको नेतृत्व गर्ने विषयमा आँफु र प्रधानमन्त्री ओलीका बीचमा लिखित सहमति भएको बताएका थिए ।

त्यस्तै प्रचण्डले पार्टी एकताका बाँकी कामलाई पूर्णता दिन आफू र ओलीबीच कुराकानी भइरहेको जानकारी दिए । शनिबार सचिवालय बैठक डाकिएको प्रचण्डले बताए । सरोकारवाला सगँ छलफल नगरी उनले गुठी लगायतका केही विधेयक ल्याउन खोज्दा अुन्तुष्टि आएको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ असार ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *