
तुलसीपुर, आसर ४ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसले बुधवार शैक्षिक अन्तरक्रिया गरेको छ । तुलसीपुर क्षेत्रका प्रायसबै जसो शैक्षिक संस्थाहरुमा कार्यरत प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा क्याम्पसको शिक्षाको सुधारको के गर्न सकिन्छ भन्ने सवालमा विचार विमर्ष भएको थियो ।
‘गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरुविचको समन्वय तथा सहकार्यको आवश्यकता’ विषयक अन्र्तरक्रिया कार्यक्रमका सहभागीहरुले क्याम्पसलाई समय सापेक्ष रुपमा प्रविधि युक्त र प्राविधिक विषय पढाउने क्याम्पसको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।
कतिपयले राजनीति बढी र पढाई कम हुनुपनि प्रमुख समस्याको रुपमा औंल्याए । त्यस्तै कतिपयले विद्यार्थी शिक्षा प्राप्तीका लागि लगनसिल, नैतिकवान बन्न आवश्यक रहेको बताए । अन्य कतिपयले भने प्राध्यापकहरु पनि थप जिम्मेवारीका साथ अध्यापन गर्न लाग्नु पर्ने सुझाएका छन् । प्राध्यापकहरुमा क्याम्पसमा जागिर खाने मानसिकता भन्दापनि सेवाको भावना जागृत हुन आवश्यक रहेकोमा अधिकाँस अन्तरक्रियामा सहभागिहरुको मतएैक्यता देखिएको क्याम्पसका संचालक समितिका कोषाध्यक्ष विनिल केसीले बताए ।
कतिपयले पछिल्लो समय क्याम्पसले राम्रो परिनाम ल्याउनुका पछाडि प्राध्यापक र विद्यार्थीको मेहनत भएको हुँदा प्राध्यापकले क्याम्पसमा आएर हाजिर लगाएर फर्किने मानसिकता र विद्यार्थीले क्याम्पसलाई टायम पासको रुपमा मात्रै बुझ्न नहुने सुझाव पनि दिएका थिए । सामुदायिक शैक्षिक संस्थाहरु कमजोर छन्, यीनमा पढेका विद्यार्थी कमजोर हुन्छन् भन्ने गलत बुझाई चिर्नको लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन सिमतिका बीचमा तालमेले हुनुपर्ने कतिपयले सुझाएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको उदेश्य वारे क्याम्पस प्रमुख युवराज रावतले प्रकाश पारेका थिए । यो क्याम्पस वि.सं २०४७ सालमा क्याम्पस स्थापना भएपनि हालसम्म यसको स्वामित्वमा जग्गा समेत छैन । करोडौंको संरचना निर्माण भएपनि जग्गा स्वामित्व कहिले पाउँछ भन्ने ? सवाल लामो सयमदेखि प्रतिक्षाको विषय बन्दै आएको छ ।
जनजागृती मावि पातु वनगाउँका प्रधानाध्यापक शालिकराम लामिछानेले क्याम्पसलाई समय अनुकुल प्राविधि र प्राधिक विषयको पढाईमा अगाडि बढाउनु पर्ने सुझाव दिएका थिए ।