तुलसीपुर, मंसिर १९ । मंसिर ९ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्दै आइरहेका तुलसीपुर उपमहानगरपालिकाका स्थानीय तह अन्तरगतका कर्मचारी र मेयर टीकाराम खड्काका बीचमा बुधबार बिहान करिब ८ बजेदेखि भएको वार्ता बिहान साढे ११ बजेसम्म चल्यो ।
वार्ताहल बाट निस्कँदै गर्दा दिउँसो १ बजे फेरि सहमतिका लागि छलफल गर्ने भन्ने समझदारी भएको थियो । तर, दिउँसो १ बजे फेरि वार्ता हुन सकेन ।
संघर्ष समितिका सचिव तथा पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले बुधबार झन्डै तीन घन्टा चलेको वार्ता निष्कर्ष बिहिन बनेको बताए । बुधबार फेरि वर्ता संभव नुहुने र बिहीबार पुनः वार्ता हन सक्ने उनले बताए ।
संघर्ष समितिका संयोजक तथा सहकारी शाखा प्रमुख ललित घर्तीले पनि आफ्नो काम परेको हुँदा घोराही हिडेको फरककोणलाई बताएका थिए ।
कर्मचारी, प्रमुख प्रशासकीय अधिकृत र मेयर टीकाराम खड्काका बीचमा भएको छलफलमा के कुरा मिलेन ? यो प्रश्नमा संघर्ष समितिका सचिव खरेलले मेयर खड्का यसअघि आँफुहरुको स्तर बृद्धि घटुवा गर्ने कार्यापालिका बैठकको निर्णय फिर्ता लिन (बदर गर्न) सहमत नभएको हुँदा कुरा मिल्न नसकेको बताए ।
आन्दोलनरत कर्मचारीहरुले सर्बौच्चमा मुद्दा विचाराधिन रहेको हुँदा अन्तिम फैसला नआउँदासम्म स्तरबृद्धि घटुवा हुनुपर्ने माग गरेका थिए । त्यो कुरामा मेयर टीकाराम खड्काले कार्यपालिका बैठकको निर्णय उल्टाउन सकिदैन भनेको हुँदा वार्ता निष्कर्ष बिहिन बनेको थियो ।
कात्तिक १३ गते कार्यापालिका बैठकले निर्णय भन्दै मंसिर ६ गते केही कर्मचारीको स्तर घटुवा गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रबहादुर डाँगीले स्थानीय तह अन्तरगतका सबै कर्मचारीलाई सोही दिन इमेल मार्फत स्तर घटुवा बारे जानकारी दिएका थिए ।
त्यसपछि मंसिर ८ गते शनिबार परेको हुँदा आइतबार मंसिर ९ गतेदेखि स्टत घटुवा भएका सबै कर्मचारीलले आन्दोलनमा उत्रिएका थिए । मंसिर १४ गतेदेखि उनीहरु उपमहानगरको प्रशासनिक भवनको मुख्य प्रबेश द्धारमै ब्यानेर टाँगेर कार्यालय अवधिभर त्यही बसेर बिरोध जनाउँदै आएका छन् ।
यो पनि पढ्नुहोस – तुलसीपुरमा आन्दोलनरत कर्मचारी र मेयरका बीचमा बिहान ८ बजेदेखि वार्ता जारी

