हेमराज शर्मा,
दाङ, असार ४ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरुखर्क र तल्लो मालेगाउँका अग्निपिडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन । अग्निपिडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपिडित नौ परिवारलाई प्रतिपरिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली काग्रेस दाङ क्षेत्र नं २ का सचिव चुडामणि आचार्यले जानकारी दिए ।
बैशाख अन्तिम हप्ता बनमा लागेको डढेलो बस्तिमा सल्किदा सिरुखर्कका ५ र तल्लो मालेगाउँका ४ गरी ९ परिवारका घरगोठ जलेर नष्ट भएको थियो । उनीहरुलाई स्थायी बसोबास खाना खर्चमा समेत सहयोग पुगोस भन्नका लागि पिडित परिवारलाई नगद रुपैया प्रदान गरिएको थियो ।
अग्निपिडितलाई स्थानीय सुग्रिव वलीले १ लाख, नेपाली काग्रेसका तर्फबाट प्रदेश सभाका उमेदवार कमलकिशोर घिमिरेले १० हजार, काग्रेस वडा सदस्यका उमेदवार इन्द्रबहादुर गिरीले ५ हजार, बिमल ज्ञवालीले ५ हजार, भरतकुमार पोख्रेलले ५ हजार ५ सय , साना किसान कृषि सहकारी संस्था रामपुरबाट २० हजार, सहकारीका सञ्चालकहरुबाट ३ हजार गरी ४३ जनाले उक्त रकम संकलन गरेका थिए ।
संकलित रकम नेपाली काग्रेसका तर्फबाट प्रदेश सभाका उमेदवार कमलकिशोर घिमिरे, सुग्रिव वली, पूर्ण मल्ल, चुडामणि आचार्य, वडा सदस्य छविलाल घर्ति, रेवतीप्रसाद घिमिरे, इन्द्रबहादुर गिरी, छविलाल सुनार, महेन्द्र घर्तिले प्रदान गरेका थिए ।