२०८१ माघ ९ गते बुधवार

घोराही–तुलसीपुर सडकखण्ड बन्द

तुलसीपुर,मंसिर १७ । घोराही–तुलसीपुर सडकखण्ड बन्द भएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिया ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा मृत्यु भएपछि पीडितहरुले सोमबार दिउसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् ।

चालकको लापरवाहीका कारण सार्वजानिक यातायात दुर्घटनामा भएको र यातायात व्यवसायीहरु लापरवाहीका कारण घाईते रोकायको उपचारका क्रममा मृत्युुभएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेका हुन ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको पीडित मृतकका श्रीमन बहादुर रोकाय (शिखर)ले बताएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *