दाङ, मंसिर १७ ।बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष नेपाली काँग्रेसका अमिन थारू निर्वाचित भएका छन् ।
४८ बर्षीय थारुले १०४३ मत प्राप्त गरि निर्वाचित भएका हुन । निकटतम प्रतिद्धन्दी भन्दा थारुले ३६५ मत बढी प्राप्त गरि उनी निर्वाचित भएका हुन ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अपरेटर गेहेन्द्र कँवरका अनुसार काँग्रेसबाट निर्वाचित थारु भन्दा नेकपा (माओवादी केन्द्र) का ५३ बर्षीय शेरबहादुर थारूले ६७८ मत प्राप्त गरेका थिए ।
त्यस्तै नेकपा एमालेका ५० बर्षीय विष्णुप्रसाद देवकोटाले ३३७, नागरिक उन्मुक्ति पार्टीका ५९ बर्षीय प्रीतिलाल थारूले ७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५८ बर्षीय रत्नबहादुर शाहीले ५२ र
राष्ट्रिय स्वतन्त्र पार्टीका ७१ बर्षीय वासुदेव शर्माले १७ मत प्राप्त गरेका थिए ।
यो वडामा २०७९ सालमा पनि कांग्रेसका सूर्यबहादुर बिष्ट निर्वाचित भएका थिए। उनी जिल्ला पार्टी सभापति बनेपछि कार्यवाहक वडाध्यक्ष अमिन थारूलाई दिएका थिए । नवनिर्वाचित अमिन थारूले उपनिर्वाचन आउनु भन्दा केही दिन पहिले मात्रै कार्यवाहक वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाध्यक्ष पदका लागि उम्मेदवार दिएका थिए ।
मंसिर १६ गते भएको उपनिर्वाचनमा बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ मा अध्यक्ष पदका लागि ६३.७९ प्रतिशत मत खसेको थियो । यहाँ दुई हजार दुई सय ३९ मत खसेको थियो । कुल तीन हजार पाँच सय दश मतदाता थिए । महिला एक हजार आठ सय ३९ र पुरुष एक हजार छ सय ७१ मतदाता थिए ।
दुई वटा मतदान स्थल मध्य कृषि पशु सेवा केन्द्रमा सात सय ४२ र बबई सिशुमन्दिर मावि बर्गदहामा एक हजार चार सय ९७ मत खसेको थियो । निर्वाचनका लागि पाँच वटा मतदाता केन्द्र तोकिएका थिए ।

