२०८२ असार २७ गते शनिवार

रुकुम पश्चिमको सानीभेरी – ५ को अध्यक्षमा काँग्रेसका खत्री निर्वाचित


दाङ, मंसिर १६ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् ।

काँग्रेसका मोतिराम खत्री ५३ मतान्तरले बिजयी भएका हुन । उनले ५९० मत प्राप्त गरि निर्वाचित भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलले जानकारी दिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले ५३७ मत प्राप्त गरेका थिए ।


यहाँ जम्मा ११४६ मत खसेको थियो। त्यसमध्य १९ मत बदर भएको छ। २०७९ सालको निर्वाचनमा पनि यो वडामा काँग्रेसका अलबहादुर खत्री निर्वाचित भएका थिए । उनको मृत्यु भएको हुँदा आइतबार उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *