२०८१ मङ्सिर १९ गते बुधवार

मंसिर मसान्तसम्म लुम्बिनीका सबै जिल्लामा संयन्त्र बैठक गर्ने निर्णय

बुटवल, मंसिर १५ । लुम्बिनी प्रदेशमा प्रमुख सत्तासाझेदार दलहरु नेकपा एमाले – नेपाली कांग्रेसको प्रदेश स्तरिय संयन्त्रको बैठक शनिबार बुटवलमा बस्यो ।

प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म गर्ने र संयुक्त सरकारलाई थप गतिशिल बनाउन सुझावहरु संकलन गर्ने निर्णय गरेको छ ।

मंसिर २० गते एमाले – कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णयपनि भएको छ । भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुने छन ।

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इञ्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल छन् भने कांग्रेस बाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र बिष्णु खनाल छन् ।


एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामहरुको वारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गरेका थिए ।


एमाले– कांग्रेस संयुक्त सरकाले अघि सारेका कामहरु सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच बर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले बताएका थिए ।

बैठकमा संसदीय क्षेत्रमा भएका कामहरुको बारेमा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले अबगत गराएका थिए । बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशिल बनाउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *