
काठमाडौं, असार ४ । सरकारले क्याफिनयुक्त इनर्जी ड्रिंकको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारले जुसको आयातमा पनि प्रतिबन्ध लगाएको छ। सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ। सोहीअनुसार नयाँ नियमत ल्याएको हो।कुनै विशेष फलको रस भनेर आउने जुसमा निर्धारण गरिएको रस बाहेक अरु मिसाउट भए आयात प्रतिबन्ध हुने सरकारले निर्णय गरेको छ।
निकासी तथा पैठारी सूचीमा हेरफेर गर्दै सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय, फ्लेभर्ड सिन्थेटिक पेय(जुस) र यस्तै प्रकारका अन्य पेयको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो। क्याफिनयुक्त भए नभएको भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणिकरण गर्ने छ। यसरी उक्त तत्व भएको पाइएमा भन्सारबाटै फिर्ता गरिने छ।
म्यांगोरलिची वा अन्य कुनै रसको भनेर आउने जुसमा चिनी समेत मिसाउन नपाइने नात तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
नयाँ नियमअनुसार विदेशबाट आउने हरियो तरकारीको क्वारेन्टाइन परीक्षण अनिवार्य गरिएको छ। यसअघि नियममा व्यवस्था भएपनि लागू भएको थिएन। अवदेखि अनिवार्य गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकरी दिएको छ।
त्यस्तै विदेशबाट आउने सामानको उपभोगत मिमित ७५ प्रतिशत हुनै पर्ने भएको छ। यसअघि उत्पादन र उपभोगको अन्तिम मिति खुलाउनुपर्ने व्यवस्था थियो। यो व्यवस्था औषधिमा भने लागू हुने छैन।
क्याफिन नहाली इनर्जी ड्रिंक नबन्ने र त्यसरी आउँदा स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले आयातमा प्रतिबन्ध लगाइएको नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। तर सरकारले निकासीका लागि रहरको दाललाई खुल्ला गरिदिएको छ। हिमाली क्षेत्रमा उत्पादन हुने चामलको पनि निर्यात गर्न सरकारले बाटो खोलिदिएको छ। त्यस्तै सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लाष्टिकका झोला तथा शीटको आयातमा पनि प्रतिबन्ध लगाएको छ।