दाङ, मंसिर ५ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका – २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
अन्य दुई जना उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएपछि माओबादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन । बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो ।
त्यसपूर्व नै नेकपा (एमाले)का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता लिएका थिए । त्यसैले माओबादीका घर्ती स्वतह निर्वाचित भएका हुन ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई समर्थन गर्दै यहाँ नेपाली काँग्रेसले उम्मेदवार उठाएको थिएन । यहाँ जम्मा तीन जनाको मात्रै उम्मेदवारी परेको थियो । एमालेका उम्मेदवारले धोका दिए पछि माओबादीका उम्मेदवार निर्विरोध निर्वाचित भएको स्थानीय एक जना काँग्रेस नेताले फरककोणलाई बताए ।