२०८१ मङ्सिर २७ गते बिहिवार

गुल्मीमा तीन स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी

दाङ, मंसिर २ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा गुल्मीका तीन स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


जिल्लाको मुसिकोट नगरपालिका – १ को वडाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा (एमाले) बाट दलबहादुर थापा, नेकपा (माओबादी केन्द्र) बाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिकास थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री, स्वतन्त्र रुपमा कुलबहादुर थापा, योगेन्द्र खरेल र पोमानन्द खरेलले उम्मेदवारी दिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्यूटर अप्रेटर गेहेन्द्र कँवरले बताए ।

यो वडामा २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष नेपाली काँग्रेसका मोहन घिमिरेले जितेका थिए ।

वडाध्यक्षसहित एक जना खुल्ला सदस्यपनि काँग्रेसले जितेको थियो । बाँकी तीन सदस्य भने नेकपा (एमाले)ले जितेको थियो । वडाध्यक्ष घिमिरेले आत्महत्या गरेपछि रिक्त स्थानमा पुनः निर्वाचन हुन थालेको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *