२०८१ मङ्सिर २७ गते बिहिवार

बर्दियामा वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी

दाङ, मंसिर २ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा बर्दियाको ठाकुरबाबा नगरपालिका – ४ को वडाध्यक्ष पदका लागि ६ दलबाट उम्मेदवारी परेको छ ।

नेपाली काँग्रेस बाट अमिन थारु, नेकपा (माओबादी केन्द्र)बाट शेरबहादुर थारु, नागरिक उन्मुक्ती पार्टी बाट प्रितिलाल थारु, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रत्नबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी बाट बासुदेब शर्मा र नेकपा (एकीकृत माक्सबादी लेनिनबादी) बाट विष्णुप्रशाद देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।


यो वडामा गत निर्वाचनमा नेपाली काँग्रेसका सुर्यबहादुर बिष्ट निर्वाचित भएका थिए । उनी जिल्ला पार्टी सभापति भएपछि कार्यबहाक अध्यक्ष अमिन थारुलाई दिएका थिए ।

अमिन थारुले केही समय पहिला कार्यबहाक वडाध्यक्ष पदबाट राजिनामा दिएर अहिले फेरि वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *