दाङ, मंसिर २ । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।
नेपाली काँग्रेसबाट केशकुमारी तुलाचन, नेकपा (माओबादी केन्द्र) बाट नरपुरा बुढा, नेकपा (एकीकृत समाजबादी) सुनिता बुढा मगर, स्वतन्त्र रुपमा कोपिला पुन बुढा, भिमकुमारी पुन, मोहनभक्त बुढा र श्रीदेबी सुना (बिक)को उम्मेदवारी परेको छ ।
पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्वको रिक्त उपाध्यक्ष पदमा नेकपा एमाले जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन रुख चिन्हबाट चुनाव लड्ने गरी कांग्रेस –एमालेबीच समझदारी भइ उम्मेदवारी दर्ता भएको स्रोतले बताएको छ ।
रुकुम पूर्वका नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि नन्द बिष्टले नेकपा (माओबादी) को ज्याजदीका कारण कार्यकर्ताले मिलेर मात्रै उम्मेदवारी दिन दबाब दिएको तथा एक्ला एक्लै निर्वाचनमा लड्ने भए प्रचार गर्न नआउनु भनेका कारण पार्टीले नचाहाँदा नचाहाँदै त्यस्तो सहमति हुन पुगेको बिष्टले बताए ।
गत स्थानीय तह निर्वाचनमा यहाँ नेकपा (माओबादी) केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । उनको भदौ २८ गते भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।
रुकुम पूर्व वडाध्यक्षमा ३ जनाको उम्मेदवारी
पुथा उत्तरगंगा गाउँपालिका – २ को वडाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेकपा (माओबादी केन्द्र)बाट जगत घर्ती, नेकपा (एकीकृत माक्सबादी लेनिनबादी) बाट जिवन रोका र स्वतन्त्र रुपमा शुकराज बिकले उम्मेदवारी दिएका छन् ।
यो वडामा नेपाली काँग्रेस, नेकपा (एमाले) जस्ता ठूला दलहरुबाट उम्मेदवारी नै परेको छैन । लुम्बिनीका पाँच जिल्लाहरुमा हुन थालेको उपनिर्वाचन मध्य वडाध्यक्ष पदमा सबै भन्दा कम उम्मेदवारी परेको यही हो ।
यो वडामा यसअघिको निर्वाचनमा जसबहादुर श्रीपाइली निर्वाचित भएका थिए । उनको गाउँपालिका उपाध्यक्ष संगै भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।