दाङ, कात्तिक २७ । गण्डकी प्रदेशसभा सदस्य राजिब गुरूङ ‘दीपक मनाङे’ मंगलबार जेल चलान भएका छन् ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर भए संगै प्रहरीले मंगलबार पक्राउ गरि ‘मनाङे’लाई डिल्लीबजार कारागारमा जेल चलान गरिएको छ ।
२०६१ वैशाख ३१ गते ‘चक्रे मिलन’ मिलन गुरूङको हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई सर्वौच्च अदालतले कात्तिक २० गते दोषी ठहर गरेको थियो ।
सर्वौच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत पाटन) को फैसलालाई कात्तिक २० गते सदर गरेको थियो । सर्बौच्चको फैसला संगै उनी सम्पर्क बिहीन थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार बिहान सितापाइलाबाट मनाङ्ेलाई पक्राउ गरेको थियो। पक्राउ पछि उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।
चक्रे मिनल माथिको आक्रमणका कारण मनाङ्े यसअघि २ वर्ष ८ महिना जेल परेको थिए । मनाङेलाई अदालतले पाँच कैदको फैसला तोेकेको हुँदा अब २ वर्ष ४ महिना जेल सजाय भुक्तान गर्नु पर्ने छ ।