२०८१ कार्तिक २९ गते बिहिवार

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी


दाङ,कार्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ।

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सो सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडियामा कर्जा प्रवाह भएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानले सो रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो।

यसअघि संसदीय विशेष छानबिन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा छानविन गर्न सिफारिस गरेको थियो।

पक्राउ पुर्जी जारी भएलगत्तै लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ।

रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *