२०८१ कार्तिक २९ गते बिहिवार

मावि तेघरामा ७ लाख बरावरको शैक्षिक सामग्री हस्तान्तरण


दाङ,असोज १६ । घोराही ९ तेघरामा रहेको नरदेवि माबिमा पुर्व विद्यार्थी बन्दना शाहको सहजीकरणमा ७ लाख बढिको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

मावि तेघरामा लामो समय अध्ययन गरेकी बन्दना शाहले विद्यालयका वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासमा सघाउ पुराउने उद्देश्यले सौभाग्य शाह फाउन्डेसन मार्फत विद्यालयमा ७ लाख बराबरको शैक्षिक सामग्री सहयोग गरेकी हुन ।

विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी मावि तेघराका पुर्व विद्यार्थी बन्दना शाहका पति अनुप शाहाले विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चैतुकुमार चौधरी र प्रधानाध्यापक कमल खड्कालाई उक्त सामग्री हस्तान्तरण गरिन ।

गतवर्ष टेवलटेनिस बास्केटबल कोर्ड, भलिवल फुटबल लगाएतका ८ लाखमुल्इ बराबरको सहयोग गरेकोमा यो वर्ष विद्यार्थीहरुका लागि शारीरिक व्यायाम र मनोरञ्जनका लागि पिङ, झुला लगायतका ७ लाख बढिको सहयोग गरिएको सौभाग्य शाह फाउन्डेसनका सदस्य अनुप शाहाले बताए ।

फाउन्डेशनले विद्यालयका एक विद्यार्थीलाई प्रदान गरिने वार्षिक २४ हजार नगद छात्रवृत्तिको पहिलो किस्ता १२ हजार पनि प्रदान गरेको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सौभाग्य फाउन्डेसनका सदस्य अनुप शाह, लोकबहादुर थापालाई विद्यार्थीहरुले फुलमालाले स्वागत गरेका थिए भने विद्यालयले सम्मान पनि गरेको विद्यालयका शिक्षक शमसेर नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *