
तुलसीपुर, ३२ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी अञ्जु वलीले आफ्नो छोराको जीवन बचाईदिन अपिल गरेकी छन । छोरा विपिन वलीलाई १७ बर्षको कलिलो उमेरमा क्यान्सर भएपछि उपचारको लागि आर्थिक सहयोगको लागि आग्रह गरेकी हुन् । उनको अहिले भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
आफूसँग भएको पैसा र ऋण काढेर हालसम्म उपचार भएपनि थप १६ लाख रुपैयाँ लाग्ने भएको हुँदा उनको उपचारमा समस्या भएको छ । घर र आफन्तको सहयोगमा हालसम्म उपचार गराउँदा भएको पैसा जति सकिएपछि उपचार गराउन समस्या भएको उनका बुवा मेघ बहादुर वलीले बताए । भएको पैसा जति सबै सकियो अब उपचार कसरी गर्ने वलीले भने ?
आर्थिक रुपले विपन्न परीवारमा यो कस्तो बज्रपात आईप¥यो । सबैबाट आर्थिक सहयोग पाएपछि कलिलो उमेरको छोरालाई बचाउन सकिने उनले बताए । सहयोग गर्न ईच्छुक ब्यक्तिले मोवाईल नम्बर ९८२२९,९६,२०४ मा सम्पर्क गर्न अनुरोधसमेत गरेका छन् । क्यान्सर अस्पतालमा डाक्टरले दुईवटा किमो चराईसकेको उनले जानकारी दिए ।
