२०८१ असोज २५ गते शुक्रवार

ज्ञानज्योतिको त्यो भब्य स्वागत कार्यक्रम

तुलसीपुर, असोज ३ । तुलसीपुरको एक प्रतिष्ठित बिद्यालयले बिहीबार भब्य कार्यक्रमका बीच कक्षा ११ का नव आगन्तुत बिद्यार्थीका लागि स्वागत कार्यक्रम ग¥यो ।

तुलसीपुर उपमहानगरपालिका –६ बरुवा गाउँस्थितस्थित ज्ञानज्योति फाउन्डेसनले आफ्नो माध्यमिक विद्यालयमा आयोजना अध्ययनरत कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीका लागि आयोजना गरेको स्वागत कार्यक्रम उल्लासपूर्ण थियो । दर्जनौं बिद्यार्थीले आफ्नो नृत्यु, गीत तथा कबिताहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लोक गायक अर्जुन सापकोटाको प्रस्तुतीमा बिद्यार्थी झुमेका थिए । गायक सापकोटाले गीतहरु प्रस्तुत गर्दा बिद्यार्थी उनी संगै रमाउँदै नाचेका थिए ।
कक्षा १२ का विद्यार्थी प्रतिक वलीको अध्यक्षता र तुलसीपुर शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्य एवं ज्ञानज्योतिका संस्थापक अध्यक्ष टीकाबहादुर जिसीको विशष्टि आतिथ्यमा स्वागत कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले बिद्यार्थीको मुख्य उदेश्य शिक्षा हासिल गर्नु भएको हुँदा त्यसमा निरन्तर लागि पर्न आग्रह गरेका थिए । मुलुकको भविश्य आजका बिद्यार्थीमा निहित रहने भन्दै उनले पढे लेखेका बिद्यार्थी भए मुलुकको भविश्य उज्वल हुने आशय ब्यक्त गरेका थिए ।

समय त्यसै खेर नफाल्न र मेहनतका साथ अध्यन गर्न आग्रह गरेका उनले शिक्षाको उज्यालोले ब्यक्ति मात्रै हैन समाज तथा मुलुकलाई पनि टेवा पुग्ने आशय ब्यक्त गरेका थिए ।

विद्यालयका शैक्षिक संयोजक शरदकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए ।

ज्ञानज्योति तुलसीपुर क्षेत्रको एक शैक्षिक धरोहरको रुपमा बिकास गर्न आँफुहरु लागि परेको बिद्यालयका कार्यकारी निर्देशन सुरेन्द्रबहादुर जिसीले बताए ।


‘ हामी तुलसीपुरको शिक्षाको हबको रुपमा ज्ञानज्योतिको बिकास गर्न चाहान्छौं,’ उनले भने ‘ यो संस्था धनी वा गरिब सबैका बालबालिकालाई ज्ञानको ज्योति छर्ने शैक्षिक केन्द्रको रुपमा बिकास गर्नु हाम्रो उदेश्य हो ।’


विद्यालयका शैक्षिक संयोजक शरदकुमार शर्मालेपनि गरिब तथा जेहेन्दार सयौं बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको हुँदा आँफुहरुको उदेश्य सबैका लागि समान शिक्षा प्रदान गर्नु रहेको बताए ।

‘ शिक्षालाई ब्यापार हैन एउटा ज्ञानको केन्द्रको रुपमा बिकास गर्नु पर्छ भन्ने हाम्रो लक्ष्य हो,’ शर्माले भने ‘ हाम्रो बिद्यालय सप्तरंगी फूलबारी जस्तै छ । यहाँ धनि वा गरिब सबै खालका बिद्यार्थी अध्यनरत छन्।’

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *