दाङ,असोज १ । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि लागू हुनेगरी अन्त्य भएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका हुन । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री चेतनारायण आचार्यकाे सिफारिसको आधारमा प्रदेश प्रमुख घर्तीमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेसन अन्त्य गर्नु भएको प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेले जानकारी दिए।
लुम्बिनी प्रदेशसभाको चालु अधिवेसनमा ३५ वटा बैठक बसेका थिए।
यो अवधिमा प्रदेश सभाले स्थानिय सेवा विधेयक, विपद् व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१\०८२ को वजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको थियाे ।