२०८१ मङ्सिर २७ गते बिहिवार

काँग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले पदवाट राजिनामा दिइन

तुलसीपुर, भदौ ३१ । नेपाली काँगेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले सोमबार पदबाट राजिनामा दिएकी छन् । उनले काँग्रेस संसदीय दलका नेतालाई राजिनामा बुझाएकी हुन ।

उनी २०७९÷११÷२९ गते सचेतकमा नियुक्त भएकी थिइन । गिरी १८ महिना सचेतकको भूमिका निर्वाह गरेकी थिइन । उनले आँफुलाई सचेतकको रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेकी छन् ।


तर, गिरीले अब बिभिद कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै पदवाट राजिनामा बुझाएको उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *