
दाङ,जेठ ३१ । तुलसीपुर–बाघमारे सडक अन्तर्गत गब्दवामा भएको जीप दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । शुक्रवार दिउँसो पौने ३ बजेतिर भएको जिप दुर्घटनामा शान्तिनगर गाउँपालिका १ निवासी ४५ बर्षीय छवि डाँगी गम्भीर घाइते भएका छन् । उनलाई टाउकोमा चोट रहेको छ ।
त्यस्तै अन्य घाइतेहरुमा सोही ठाउँका पुर्णकली राना, अनिता राना, खुमा वल,संजय नेपाली,मन्तरी सोमैर,भिमा घर्ती, टिका दर्लामी, डम्बर पुन, देबिका वली र आयुशा दर्लामी घाइते भएको चिराघाट प्रहरी चौकीले जानाकरी दिएको छ ।
घाइते सबैलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ । तुलसीपुर बाट खिलतपुर तर्फ जादै गरेको लु १ ज ११९१ नम्बर यात्रुबहाक जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले बताएको छ । जीपमा कुल १५ यात्रु सवार रहेकोमा अन्यको अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
चालक शान्तिनगर १ कै चालक २३ बर्षीय टिकाराम खत्रीको अवस्थापनि सामान्ने रहेको र उनी प्रहरी नियन्त्रणमा रहेको जानकारी दिइएको छ ।
