२०८१ भाद्र २३ गते आइतवार

लुम्बिनी प्रदेशसभा बैठक भदौ २६ गते बस्ने

दाङ,भदौ २० । लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २६ गते बुधबार बस्ने भएको छ।

प्रदेशसभाको आगामी बैठक भदौ २३ गते बस्ने जानकारी गराइएको थियो। तर, अन्तिम समयमा आएर बैठकको मिति सारिएको हो।

प्रदेशसभाको चौथो अधिवेसनको २९ औं बैठक भदौ २६ गते बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। बैठकले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णययार्थ प्रस्तुत गर्न सक्ने सम्मका सम्भावित कार्यसूची तय भएको जनाइएको छ।

यसअघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश भएको थियो।

प्रतिवेदन सहितको विधेयक पास गर्ने तयारी गरिएपनि विधेयक पुनःप्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो।

प्रदेशसभाबाट पास हुनुपर्ने तर,अझैंसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्तिविकासमा असर परेको भन्दै दिनहुँ ज्ञापनपत्र बुझाउने, सरकारका प्रमुख तथा प्रदेश सभाका अधिकारीहरूलाई ध्यानाकर्षण गराउने काम चलिररहेको छ।

प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संसोधन प्रस्ताव समेत सदनमा लैजाने तयारी गरेको छ।

प्रकाशित मिति : २०८१ भाद्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *