२०८३ असार ७ गते आइतवार

पत्रकार बोहोराले आमाको स्मृतिमा विद्यालयमा अक्षय कोषको स्थापना गरे

शर्मिला डिसी,
दाङ, जेठ २९ । नेपाल पत्रकार महासंघ दाङका पूर्व सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद गजेन्द्र बोहराले स्वर्गीय आमा भीमा बोहराको स्मृतिमा ५ हजार ५ सयको अक्षय कोष स्थापना गरेका छन् । त्यो रकम विद्यालयका प्रधानाध्यापक अर्जुन न्यौपाने र व्यवस्थापन समितिका अध्यक्ष राजु परियारलाई प्रदान गरिएको छ ।

बधुवार परेको १३औं दिनको पुण्यतिथिका अवसरमा बोहरा निवास हापुर निघुवारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पत्रकार बोहोराले उक्त रकम अभिभावक विहीन जेहेन्दार विद्यार्थीको शिक्षा दिक्षामा सघाउ पुगोस भनेर अक्षय कोषको स्थापना गरिएको बताए ।

पत्रकार बोहोराले दिवंगत आमाको स्मृतिमा माध्यमिक विद्यालय निघुवारमा ५० हजारको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै बाँकी रकम भने बार्षिक तिथि सम्म उपलब्ध गराउने बताएका छन् । आफ्नो बुवा र आमाले विद्यालयमा झन्डै २४ बर्षजति विद्यालयमा सहयोगीको रुपमा काम गरेर विताएको तथा आफु समेत विद्यालयले उपलब्ध गराएको कोठामा बसेर हुर्केको हुँदा आमाको स्मृतिमा अक्षय कोष स्थापना गरेको पत्रकार बोहोराले बताए ।

त्यसैगरी पत्रकार बोहोराले नेपाल पत्रकार महासंघ दाङ शाखामा पनि आमाको स्मृतिमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । ‘मेरो दोस्रो परिवार पत्रकार महासंघ हो । त्यसैले म आमाको नाममा पत्रकार महासंघमा पनि अक्षय कोष स्थापना गर्ने छु,’ पत्रकार बोहोराले भने ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रम भएको हो ।नेपाल पत्रकारमहासंघ दाङ शाखा र नेपाल प्रेस यूनियन दाङको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई महासंघका केन्द्रीय सचिव उदय जिएम, महासंघका पूर्व केन्द्रीय सदस्य अजयदिप शर्मा, महासंघका दाङ शाखा सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, नेपाली काँग्रेस त्रिपुर नगर सभापति दिपक पाण्डे,माध्यमिक विद्यालय निघुवारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु परियार, विद्यालयका प्रधानाध्यापक अर्जुन न्यौपाने लगाएले मनतब्य व्यक्त गरेका थिए । वक्ताहरुले स्वर्गीय भीमा बोहराले समाजिक तथा शिक्षा क्षेत्रमा पु¥याएकोे योगदानको चर्चा गरेका थिए ।

दिवंगत बोहराका जेठा छोरा तथा पत्रकार गजेन्द्र वोहराले परिवारको तर्फवाट धन्यवाद ज्ञापन गरेका थिए । भीमा वोहराको ६२ वर्षको उमेरमा उपचारका क्रममा जेठ १७ गते भारतमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *