२०८१ भाद्र २६ गते बुधवार

लुम्बिनीका मुख्य न्यायाधिवक्ता खनालले लिए पद तथा गोपनियताको सपथ


दाङ,भदौ १२ । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिएका छन ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

सपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तिमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरुको बिशेष उपस्थिति थियो ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य¸ अधिकार र सेवाका अन्य शर्तसम्बन्धी ऐन, २०७५ वमोजिम खनाललाई सपथ ग्रहण गराइएको थियो ।

मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बुटवल उपमहानगरपालिका-९ निवासी खनाललाई गत भदौ ६ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *