तुलसीपुर, भदौ ११ । तुलसीपुर मेट्रो कलेजले हस्पिट्यालिटी पढाउने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यही शैक्षिक सत्रबाट बिएचटिएम कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
चार वर्षको स्नातक कार्यक्रमका लागि २ वर्ष नेपाल र २ वर्ष देश बाहिर अध्ययन गराउने कलेजको दाबी छ । त्यसका लागि चिन र कोरीयासँग सम्झौता गरिएको उनले बताए ।
विद्यार्थीको रुचि अनुसार अन्तर्राष्ट्रिय भाषापनि पढाइने उनले जानकारी दिएका छन् । कलेजले यसै शैक्षिक सत्रबाट बिबिए कार्यक्रम पनि सञ्चालन गर्दैछ ।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते मङ्गलवार