२०८३ भाद्र १० गते बुधवार

स्मार्ट कृषि गाउँ : न पानी, न बत्ति

दाङ । प्रदेश न ५ को सरकारले बंगलाचुली गाउँपालिका ६ को रिभान गाउँलाई स्माट कृषि गाउँ घोषणा गरेपनि पानी र विद्युत विस्तार हुन नसक्दा ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम प्रभावकारी रुपमा अघि बढन सकेको छैन । पानी र विद्युतको अभावमा कार्यक्रम अघि बढन नसक्दा कषक नै चिन्तित छन । कृषकले बारीमा विरुवा रोप्नको लागि खाल्डा र टनेल निर्माण गरेका छन् । तर त्यो बाहेक अरु काम गर्न नसकेको स्थानी कृषकले बताएका छन् ।

बारीमा खाल्डा र टनेल निर्माण गरेपनि पानी र विद्युतको अभावमा काम अघि बढाउन समस्या भएको वडा अध्यक्ष वेदुलाल जिसीले बताए । ‘खाल्डा र टनेल निर्माणको काम भएको छ । तर पानी र विद्युतको अभावमा अरु काम अघि बढन सकेको छैन’ वडाध्यक्ष जिसीले भने । उनका अनुसार सो गाउँमा पानी लैजानको लागि स्थानीय खोलाबाट लिप्ट गर्नु पर्छ । तर वत्ती अभावमा त्यो पनि पुरा हुन सकेको छैन । बारीमा खाल्डा खनेपछि मकै रोप्न समेत समस्या भएको छ । ‘बारीमा खाल्डा र टनेल निर्माण भएपछि मकै रोप्न समेत समस्या छ । अर्कोतिर स्मार्ट कृषि गाउँको कार्यक्रम पनि प्रभावकारी रुपमा अघि बढन सकेको छैन’ स्मार्ट कृषि गाउँ समितिका अध्यक्ष खगुराम डाँगीले भने ‘ गाउँमा समस्या धेरै छ ।’ उनका अनुसार विद्युत र पानीको लागि पटक पटक गाउँपालिका, कृषि ज्ञान केन्द्र र नेपाल विद्युत प्राविधकरण कार्यालय घोराही शाखामा जानकारी गराएपनि काम हुन सकेको छैन । गत हप्ता पनि वडा अध्यक्ष जिसी सहितको टोलीले कृषि ज्ञान केन्द्र र विद्युत कार्यालयको ध्यानाकर्षण गराएको थियो ।

कार्यक्रम प्रभावकारी रुपमा अघि बढन नसक्दा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट समेत काम नभएर फर्किने अवस्था आएको वडा अध्यक्ष डाँगीले बताए । विनियोजन भएको बजेट काम नभएर फर्कने अवस्था आएपछि स्थानीय कृषक चिन्तामा छन् । उनिहरुले तत्तकाल काम पुरा गर्नको लागि स्थानीय सरकार, अन्य सरोकारवालसँग माग समेत गरेका छन् । केही सयम अघि स्थानीयले सामुदायिक वनको पैसावाट विद्युतको टान्र्समिटर लगेका थिए । तर त्यो टान्र्समिटर समेत अझैसम्म जडान हुन सकेको छैन । बत्ती बाल्नको लागि स्थानीयले सामुदायिक वनको पैसाबाट विद्युतको टान्र्समिटर लैजाने काम भयो । तर अझैसम्म पनि विद्युत जडानको काम भएको छैन’ वडा अध्यक्ष जिसीले भने ‘ अझैसम्म गाउँलेले घरमा बत्ती पाल्न पाएका छैनन ।’ वत्ती नभएपछि पानी लिप्ट गरेर ल्याउन नसकेको उनले बताए ।

जेठ १४ गते सो गाउँको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समेत अुनगमन गरेका थिए । अनुगमनका क्रममा स्थानीय कृषकले कृषि गाउँ घोषणा गरेपनि पानी र विद्युतको अभावमा काम अघि बढन नसकेको गुनासो राखेका थिए । ‘कृषि गाउँको अनुगनको क्रममा कृषकले धेरै समस्या राख्नु भएको छ’ प्रमुख नेपालीले भने ‘ ति समस्या सम्बन्धित ठाउँमा राख्ने काम भएको र तत्तकाल काम अघि बढछ ।’ कृषि ज्ञान केन्द्रका प्रमुख कृष्ण बस्नेतले स्मार्ट कृषि गाउँको कार्यक्रमलाई प्रभावकारी बनाउने काम भैराखेको बताए । ‘केही समस्या छन । ति समस्या समधानको लागि हामीले पहल गरिराखेको छौ’ उनले भने । उनका अनुसार गाउँमा प्राविधिक खटाउने काम भएको समेत बताए ।

विद्युत प्राविधिकरण घोराही शाखाले पनि विद्युत विस्तारको लागि आफुहरु गम्भिर भएको बताएको छ । प्रदेश सरकारले कृषकको आयस्तर बढाउनको लागि जिल्लाका ६ गाउँमा स्मार्ट कृषि गाउँ घोषणा गरेर कार्यक्रम अघि बढाएको छ । सरकारले गढवा गाउँपालिका–२ का घ्रुसा, लमही नगरपालिका– ९ को हर्दवा, बगलाचुली गाउँपालिका– ६ को रिभान, घोराही उपमहानगरपालिका–१० को स्यानी गाउँ, तुलसीपुर उपमहानगरपालिका–१४ को लुहाडबरा–मटेरिया, शान्तिनगर गाउँपालिका–२ को बुढाडावर–दुवीचौर गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरेको छ । ५० लाख रुपैयाँ समेत छुट्याउने गरेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *