२०८१ असोज ३ गते बिहिवार

सल्यानमा जिफन्टको नयाँ कमिटी निर्माण


सल्यान, भदौ ७ । नेकपा एमाले निकट मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) सल्यानको नयाँ कमिटी निर्माण भएको छ । श्रीनगरमा शुक्रबार भएको भेलाले ९ सदस्यीय कमिटी गठन गरेको हो ।

जसको अध्यक्षमा मोहन केसी, उपाध्यक्षमा डिल्ली राना, सचिवमा प्रकाश चन्द चयन गरिएका छन् ।


त्यस्तै सदस्यहरुमा शेरबहादुर खड्का, खिमबहादुर चलाउने, टेकबहादुर बुढा, खडानन्द खड्गी, लोकेन्द्र केसी रहेका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *