२०८३ जेष्ठ ३१ गते आइतवार

शहीदको सम्झनामा पार्क र स्मारक निर्माण हुँदै

लिलाधर वली, 
दाङ, जेठ २८ । शहीदको सम्झनामा शहस्द स्मृति पार्क तथा स्मारिका निर्माण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नं १७ वर्गदीमा शहीद स्मृति पार्क तथा स्मारिका निर्माण गर्न थालिएको हो ।

उक्त स्थानमा २०५८ साल मंसीर १३ गते धान दाउँदै गरेका ११ जना कृषकहरुको सेनाले सामुहिक हत्या भएको थियो । अहिले उक्त स्थानमा उनीहरुको सम्झनामा शहस्द स्मृति पार्क तथा स्मारिका निर्माण गर्न लागिएको स्थानियवासीन्दाहरुले जानकारी दिएका छन् । पार्क तथा स्मारिका निर्माण भए पछि शहीदहरुको समेत सम्मान हुने बताइएको छ ।

राज्यले शहीदको सम्मानका लागि कुनै पनि कार्य गर्न नसकेको स्थानियवासीन्दाहरुको गुनासो रहेको छ । सरकारी जग्गा करिव २ कठामा शहीद स्मृति पार्क तथा स्मारिका निर्माण गर्न लागिएको शहीद पार्क तथा स्मारक निर्माण उपझोक्ता समितिका सचिव प्रकाश चौधरीले जानकारी दिए । २०७५ वैशाख महिनावाट सुरु गरिएको निर्माण कार्य असोज महिनासम्ममा निर्माण सम्पन्न हुने चौधरीको भनाइ रहेको छ । अहिले वाल लगाएर मैदान समाउने काम भएको छ ।

उक्त शहीद स्मृति पार्क तथा स्मारिका निर्माण गर्नका लागि दाङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य एवम सभामुख कृष्णवहादुर महराले ९ लाख ९५ हजार रकम सहयोग गरेका छन् । भने वडा कार्यालयले तारवार गर्नका लागि १ लाख रकम प्रदान गरेको सचिव चौधरीले बताए । महिला कानुन तथा विकास मञ्च वाट ३ लाख रकम सहयोग गर्ने प्रतिवद्धता आएको उनको भनाइ रहेको छ ।

यसरी आएको रकम वाट वगैचा शहीदको पार्क, शहीद प्रतिक्षालय र शहीदहरुको नामावली शहीदको स्मारक बनाइने सचिव चौधरीले बताए । शहीदको सम्मानका लागि यस प्रकारको कार्य गर्ने थालिएको बताइएको छ । ‘शहीद स्मृति पार्क तथा स्मारिका निर्माण भए पछि शहीदका आफन्तीले मन वुझाउन वाटो हुने छ’ सचिव चौधरीले भने । उक्त स्थानमा २०५८ साल मंसीर १३ गते प्रसादु चौधरी, खुशीराम चौधरी, कृष्ण चौधरी, रिसमान चौधरी, आशाराम चौधरी, जोगी चौधरी, जगमान चौधरी, रुपक चौधरी, रामु चौधरी, शोमलाल चौधरी, शितलाल चौधरीको सामुहिक हत्या भएको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *