२०८३ भाद्र २७ गते शनिवार

भालुवाङमा महिलाको बेवारीसे शव फेला

दाङ, जेठ २८ । दाङको भालुवाङमा एक महिलाको बेवारीसे शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङस्थित मैरीखोला पुलको मुनी दुर्घन्धित अवस्थामा महिलाको शव फेला परेको छ । मंगलवगार बेलुका साढे ४ बजेसम्म शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक महिलाको उमेर अन्दाजी ३० देखि ३५ बर्षको रहेको प्रहरीले अनुमान गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मैरीखोलामा फेला परेको शवलाई हेर्दा ३÷४ दिन दिन अगाडि नै उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *