२०८१ भाद्र २५ गते मङ्गलवार

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै


दाङ,भदौ ४ । साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका एमाले संसदीय दल नेता चेतनारायण आचार्यले मंगलबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिदैछन् ।

चौथो अधिवेसनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले मंगलबार ढुक्कले विश्वासको मत पाउने भएका छन् । उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस-एमालेसहित साना दलको ह्वीप लगाएका हुन । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

यस्तै कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई हृवीप लगएका छन् ।

सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको जानकारी दिए ।

प्रदेश सभामा सहभागी १२ वटा राजनीतिक दल मध्य साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् ।

सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् । विपक्षमा रहेकाहरुको समेत मत लिनेगरी सत्तासाझेदार दल भित्र तयारी छ ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

सभामुख तुलाराम घर्तीमगरले बैठक समेत आह्वान गरिसकेका छन् । एमाले दलका उपनेता भएको बेला आचार्य मुख्यमन्त्री बनेका थिए ।

दल नेता लिला गिरीले साउन ७ गते नै राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको एमाले संसदीय दलको बैठकमा गिरीले राजीनामा दिएको रिक्त दल नेतामा आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको थियो ।

शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए ।

करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए ।

दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोख बहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बने ।

पछिल्लो समय करिब तीन महिना मन्त्री सम्हालेका उनले चौथो पटक भने मुख्यमन्त्रीकै जिम्मेवारी प्राप्त गर्न सफल भएका छन् ।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *