दाङ, भदौ १ । मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको नेता बनेका छन् ।
शनिबार बुटवलमा भएको एमाले प्रदेश संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेको हो ।
पूर्व मुख्यमन्त्री तथा एमाले लुम्बिनीका दल नेता लीला गिरीले मुख्यमन्त्री चयन प्रक्रियामा असुन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए । उनी शनिबारको बैठकमा पनि उपस्थित थिएनन् ।
दलका उपनेता आचार्य मुख्यमन्त्री चयन हुँदापनि गिरी उपस्थित थिएनन् । सोही दिन साउन ७ गते गिरीले संसदीय दलको नेताबाट राजिनामा दिएका थिए। गिरीको राजीनामा पछि शनिबार पहिलोपटक एमाले प्रदेश कमिटीको बैठक पहिलो पटक बसेको हो ।
शनिबारको बैठकले रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई उपनेता चयन गरेको छ। श्रेष्ठ एमाले लुम्विनी प्रदेश कमिटी उपाध्यक्ष हुन ।
प्रदेश कमिटी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ।
चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । तर, यसअअघि सचेतक रहेकी दाङकी रेखा शर्मालाई भने जिम्मेवारी बाट हटाइएको छ ।