
यमकला भुसाल,
तुलसीपुर, जेठ २७। न्यायीक समितीका कामलाई व्यवस्थित र वैज्ञानिक ढंगले प्रभावकारी बनाउने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिकामा सुचिकृत मेलमिलापकर्ताहरुका लागी २ दिने अभिमुखिकरण तालिम सुरु भएको छ । उक्त तालिमको आइतवार एक कार्यक्रमका बिच प्रमुख अतिथि प्रदेश नम्बर ५ का कानुन मस्यौदा आयोगका अध्यक्ष वरिष्ठ अधिबक्ता डां कुमार शर्माले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायीक समिती सयोजंक माया आचार्यले न्यायिक समितिका कामहरू प्रभावकारी बनाउने र उपमहानगरपालिकाका प्रत्येक वडा,वडामा आउने विवादलाई मेलमिलापकर्ताको माध्यमबाट छिटो छरितो ढगंले समाधान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बताइन । उनले भनिन,–विभिन्न विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्दा प्रभावकारी हुन्छ,अब यस तालिम पश्चात सुचिकृतमा परेका मेलमिलापकर्ताहरुलाई वडाहरु खटाउने तयारीमा छौँ । यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ अधिबक्ता डां शर्माले अहिले सबै निकाएहरुमा मेलमिलापको माध्यमबाट अन्यायमा परेका व्यक्तीलाई न्याय दिने काम भैरहेको बताए ।
२ दिने अभिमुखिकरण तालिमको प्रशिक्षकमा प्रदेश नम्बर ५ का कानुन मस्यौदा आयोगका अध्यक्ष वरिष्ठ अधिबक्ता डां कुमार शर्मा,वरिष्ठ अधिबक्ता बामदेव शर्मा,उपमहान्यायधिबक्ता बासुदेव शर्मा,उच्च अदालत तुलसीपुरका शाखा अधिकृत मानबहादुर विष्ट,वरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,शाखा अधिकृत निरन्जनबाबु पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत आन्नद सारु रहेका छन ।
तालिममा तुलसीपुर उपमहानगरपालिकाका ४,७,८,९,१०,११,१२,१३,१४,१५,१६,१७,१८,१९ वडाका १ सय ५० बढी मेलमिलापकर्ताहरुको सहभागीता रहेको छ । न्यायीक समिति सदस्य जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सुशिला शाहले गरेकी थिइन् । तालिम तुलसीपुर उपमहानगर नगरकार्यपालिका न्यायीक समितीको आयोजनामा भएको हो ।