तुलसीपुर,साउन २० । ज्ञान ज्योति फाउनडेसनद्धारा सञ्चालित ज्ञानज्योति कलेज तुलसीपुर दाङले नयाँ विषयको पढाई सञ्चालन गर्ने भएको छ ।
शैक्षिक सत्र २०८१ देखि नयाँ विषय विविए र वि एससि सिएसआइटि पढाई सञ्चालन गर्ने जनाएको छ ।
कलेजले पत्रकार समेलन गरि सुदुरपश्चिम विश्वविद्यालय बाट सम्वन्धन प्राप्त गरेको जनाएको छ । कलेजका प्रिन्सीपल तथा फाउन्डेसनका सिइयो सुरेन्द्र जिसीले २०८१मा उक्त विषयहरु चार बर्ष आठ सेमेस्टरको समयावधिको रहने बताए ।
गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विभिन्न विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गर्ने उद्देश्य दिएको र हाल दुईवटा कार्यक्रम थपीएको उनले बताए ।
‘हामीले १२ बर्ष देखि अनवरतरुपमा मेहेनत गरेका छौं, १२ बर्षपछि खोलापनि फर्कन्छ भन्नेझै यसमा सफल भएको छौं – जिसीले भने ।’ यि विषयहरु पढ्नका लागि विगतमा धेरै विद्यार्थीहरु वाहिरी जिल्ला जानुपर्ने भएपनि अव तुलसीपुरमै बढन पाउने उनले बताए ।
जिसीले आफ्नै ज्ञान ज्योति कलेजमै विद्यार्थीहरुले वि.वि.ए र वि.एससि सिएसआइटि अध्ययन गर्ने सपना पुरा हुने पनि बताए ।
तुलसीपुर क्षेत्रमा रहेर शिक्षाको क्षेत्रमा विशिष्ट योगदान गर्दा गदै धेरै संस्थाहरु अहिले फाउण्डेसन बनेको भन्दै यि विषयहरु पढेर यहि रोजगारीको अवसर पाउनुका साथै विदेशमा पनि विभिन्न कम्पनी तथा विभिन्न क्षेत्रमा उच्च तहमा बसेर काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए ।
२०५१ सालमा तत्कालीन हलवार गाविस वडा नंं २ बाट सुरु गरेको विद्यालयले २०६५ सालमा प्लसटु तर्फ व्यवस्थापन र शिक्षा संकायका लागि सम्वन्धन प्राप्त गरेको थियो ।
त्यस पछि तुलसीपुरको वरुवागाउँको सानो घरबाट सुरु गरेको विद्यालयले २०६६ सालमा साइन्स होटेल म्यानेजमेम्नट, ट्राभल एड टुरिजम, कम्प्यूटर साइन्स र पत्रकारिता विषय सम्वन्धन प्राप्त गरेको उनले सुनाए ।
२०७० सालमा ज्ञानदिप कलेजले विएससी, विविएस विए विषयका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको थियो । त्यस्तै २०७५ सालमा विसीए कार्यक्रम सञ्चालनगर्न लागि अनुमति प्राप्त गरेका र हाल करिव ३ हजार विद्यार्थीहरु रहेको बताएको छ ।
विएससि सिएसआइटि पढनका लागि सवै विषयमा कम्तिमा ५० प्रतिसत सी ग्रेड ल्याई प्लस वा सो बरावर उत्तिर्ण गरेका विद्यार्थीहरुले भर्ना हुन पाउने छन् ।
कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले दाङको गहनाको रुपमा ज्ञान ज्योति फाउन्डेसनले संचालन गरेका शैक्षिक संस्थाहरु रहेको बताए ।
त्यस्तै शिक्षा विद् विवि क्षेत्रीले दाङमा ज्ञानज्योति कलेजले शिक्षा क्षेत्रमा अतुल्नीय योगदान गरेको भन्दै कलेजका सञ्चालक तथा सियो सुरेन्द्र जिसीले पु¥याएको योगदान अतुल्नीय रहेको बताए ।
कलेजका सहायक प्रिन्सीपल मनोज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक सन्तोष केसीले गरेका थिए ।