२०८३ बैशाख १२ गते शनिवार

तुलसीपुरमा अब छोरी जन्मे मासिक १ सय भत्ता प्राप्त हुने

तुलसीपुर, जेठ २६ । तुलसीपुर उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले नगर सभाको पाँचौ वैठकमा आर्थिक वर्ष २०७६÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सडक तथा पूर्वाधार विकास प्राधिकरण गठन गरेर १ वर्ष भित्रमा ६० किलोमिटर वाटो कालोपत्रे गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ । २ सय ७२ वुँदे नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिम पूर्वाधार विकास, वन वातावरण तथा विपद व्यवस्थापन,महिला, बालबालिका अपाङ्ग ज्येष्ठ नागरिक,उद्योग व्यवसाय, उद्यमशिलता, श्रम रोजगारी विकास, पशुपालक तथा संरक्षण, जातजाति, कला, संस्कृति तथा पर्यटन विकास,कानुनी मामिला तथा न्यायिक समिति, विज्ञान, सूचना सञ्चार तथा प्रविधि, स्वास्थ्य, शिक्षा, सार्वजनिक वित्त, योजना आयोजना कार्यान्वयन तथा दिगो व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह लगायतका विषय समावेश गरिएको छ ।

उपमहानगरपालिकाले यो वर्ष स्मार्ट छोरी विहेवारी विस वर्ष पारी अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत अवदेखि जन्मने हरेक छोरीलाई २० वर्ष नपुग्दासम्म महिनामा १ सयको दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ । उक्त रकम उनीहरुकै वैंकमा जम्मा हुनेछ । २० वर्षपछि एकमुष्ट रुपमा रकम प्रदान गरिने भएको छ । ‘किशोरीहरुको विहे विस पारी होस् भन्नका लािग यो कार्यक्रम ल्याइएको हो ’ नगरप्रमुख पाण्डेले भने । तर २० वर्ष नपुग्दै विहे गरे पछि भने उक्त रकम उपमहानगरपालिकाकै खातामा फिर्ता हुने व्यवस्था गरिएको छ ।

यसैगरी तुलसीपुरमा व्यवस्थित सशुल्क पार्किङदेखि रात्रि वजार, ठेला तथा नाङ्लो पसललाई निश्चित ठाउँमा व्यवस्थापन गर्ने र भूउपयोग नीति ल्याएर जमिनको खण्डिकरण रोक्ने कुरालाई पनि नीति तथा कार्यक्रमले समेटेको छ । युवा , वालवालिका,दलित जनजाति लगायतका मानिसहरुका समस्या समाधानका लागि जनसंसद सञ्चालन गरिने गरिने भएको छ । उज्यालोे तुलसीपुर अभियान मार्फत शहरी क्षेत्रमा सडक वत्ती जडान गरिनुका साथै हरेक ठाउँमा कम्तिमा आठ मिटर सम्मको वाटो निर्माण गरिने कुरालाई जोड दिइएको छ ।

लैगिक हिंसामा परेका महिलाहरुको उपचार, पुनस्र्थापना र सुरक्षाका लागि उपमेयर महिला सुरक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै ८० वर्ष पुरा गरेका ज्येष्ठ नागरिकहरुलाई पर्यटकीय र धार्मिक स्थलमा घुमाउने कार्यक्रम समेटिएको छ । कृषि क्षेत्रको विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रममार्फत उपमहानगरपालिका भित्रका किसानहरुलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउनुका साथै कुनै पनि जमिन वाँझो राख्न नपाइने नीतिलाई निरन्तरता दिएको छ । दुर्गम क्षेत्रमा पशुशिविर सञ्चालनका साथै वधिया भाले वनाउने थारुहरुको सीपको वौद्धिक सम्पत्तिको संरक्षणलाई ध्यान दिने कुरालाई प्राथमिकतामा राखिएको छ । संक्राममा रहेको व्यारेकलाई क्रान्ती संग्रहालयका साथै बहुसाँस्कृतिक केन्द्रका रुपमा विकास गरिने भएको छ ।

थारुजातिमा रहेको महतवा प्रथालाई कानुनी मान्यता दिनका लागि पहल गरिनुका साथै हरेक टोलमा योग केन्द्र स्थापना गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । उपमहानगरपालिकालाई पेपरलेस वनाउनका लागि प्रविधिको प्रयोगमा जोड दिने र वडामा तिव्रगतिको इन्टरनेट सेवा पुर्याउनका लागि अप्टिकल फाइवर विछ्याउने कुरालाई समेत उल्लेख गरिएको छ । किशोर किशोरीहरुलाई पुर्ण स्वास्थ्यको जगको रुपमा स्थापित गर्न प्रत्येक स्कुलमा हेल्थ क्लव गठन गरिनुका साथै स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य एवम् मानसिक स्वास्थ्य, वाल विवाह जस्ता पक्षलाई सम्वोधन गर्न स्वास्थ्य संस्थाहरु मार्फत समन्वय गरिने कुरा उल्लेख गरिएको छ । कार्यक्रमले हरेक वडाहरुमा क्रमिक रुपमा ‘वडाध्यक्ष बाटिका’ स्थापना गरि सामुदायिक व्यायामशाला सहितका रिक्रेसन केन्द्र स्थापना गर्ने, गह्रा सुधार गरेर सामुहिक खेतिलाई प्राथमिकतामा राख्ने कुरा पनि नीति तथा कार्यक्रमम उल्लेख गरिएको छ ।

तुलसीपुरमा पठन संस्कृतिको विकासका लागि सामुदायिक र नगर पुस्तकालय स्थापना, विद्यालय हाता बाहिर तोकेको सिमा क्षेत्र भित्र मादक पदार्थ तथा सूर्तीजन्य वस्तुहरु विक्रिवितरणमा पूर्णतः निषेध गर्नुका साथै सामुदायिक विद्यालयका छात्राहरुलाई प्याड वनाउने तालिम दिएर सबै विद्यालयमा वितरण गरिने भएको छ ।

दलित र महिलाहरुले दर्ता तथा संचालन गर्ने उद्योग तथा व्यवसायमा २५ प्रतिशत छुट दिने, ग्रामिण वडामा ठूला खाले व्यवसाय सञ्चालनलाई प्रवद्र्धन गर्नका लागि ५० प्रतिशत व्यवसाय करमा छुट दिने व्यवस्था गरिएको छ । हरेक वडामा वडाध्यक्ष गौरव कार्यक्रम सञ्चालनका साथै योजना वैक स्थापना गरेर योजनाको सम्झौता वैशाख मसान्त र भुक्तानीका लागि जेठ मसान्तलाई अन्तिम समय तोकि कार्य गरिने कुरा पनि उल्लेखग गरिएको छ ।‘ यस उपमहानगरपालिका भित्र सम्पन्न भएका योजनाहरु सम्वन्धित टोल विकास संस्था वा संगठित संस्था वा उपभोक्ता समितिलाई हस्तान्तरण गरिने नीति अख्तियार गरिनेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमका प्रमुख बुँदाहरु
स्मार्ट छोरी, विहेवारी बीस वर्ष पारी
टोल टोलमा योग, जीवनभरी सुख
भु–उपयोग नीति वनाई जथाभावी रुपमा गरिने जग्गाको खण्डिकरणलाई रोकिने
कक्षा ५ को कक्षा पनि नगरस्तरिय वनाउने
सडक तथा पूर्वाधार विकास प्राधिकरण
सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
उपमेयर महिला सुरक्षा कार्यक्रमः
मेयर उद्यमशिलता तथा युवा उद्यम कार्यक्रम
‘किसानसँग कृषि तथा पशु वैज्ञानिक भेट ’
जग्गा चक्लावन्दी तथा गह्रा सुधार गरी सामुहिक खेती प्रणालीको विकास गर्ने जस्ता कुरालाई प्राथमिकतामा पारिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *